छुट्ला है ११ प्रतिशत लाभांश, नजिकियो सुरक्षित गर्ने अन्तिम मौका « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

छुट्ला है ११ प्रतिशत लाभांश, नजिकियो सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंसिर २० गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले आउँदो पुस ७ गते ३६ औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले मर्जर प्रस्तावलाई पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सोही सभाले मेगा बैंकसंगको मर्जर प्रस्ताव समेत स्वीकृति दिनेछ ।

यसका साथै गत आर्थिक वर्ष २०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्