भर्खरै लाभांश घोषणा गरेका दुई लघुवित्त: यस्तो देखियो १० वर्षे लाभांश इतिहाँस « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

भर्खरै लाभांश घोषणा गरेका दुई लघुवित्त: यस्तो देखियो १० वर्षे लाभांश इतिहाँस



काठमाडौं । अहिले लाभांश सिजन चलिरहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुलाइरहेको छ । मंगलबार मात्र २ लघुवित्त र १ बैंकले लाभांश घोषणा गरेका छन् । आरएमडिसी लघुवित्त र साना किसान विकास लघुवित्तले बम्फर लाभांश घोषणा गरेका छन् ।

साना किसान विकास लघुवित्तले
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिए पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीले यो ३ आर्थिक वर्ष यता कै बढी लाभांश दिएको देखिएकोछ । कम्पनीले १० आर्थिक वर्ष यता कति लाभांश दिएको भन्ने कुरा हामीले उल्लेख गरेका छौं ।

१० वर्ष यताको कम्पनीको लाभांश इतिहास हेर्ने भने भने कम्पनीले सबै भन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५।०७६ मा दिएको छ । उक्त आर्थिक वर्ष कम्पनीले २७.२५ प्रतिशत बोनस र १.४३४ प्रतिशत नगद गरी कुल २८.६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, उक्त आर्थिक वर्ष यता सबै भन्दा बढी गत आर्थिक वर्षमा दिएको छ। साथै, आर्थिक वर्ष २०७०।०७१ मा सबै भन्दा कम लाभांश दिएको छ । कम्पनीले उक्त आर्थिक वर्ष १५.७८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

यस्तो छ १० वर्षे इतिहाँस

आरएमडीसी लघुवित्त
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्तााव गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिए पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीले गत आर्थिक वर्षमा प्रस्ताव गरेको लाभांश ८ आर्थिक वर्ष यता कै बढी लाभांश हो । कम्पनीको १० वर्ष यताको इतिहाँस हेर्ने हो भने सबै भन्दा बढी लाभांश आर्थिक वर्ष २०७०।०७१ मा दिएको छ । उक्त आर्थिक वर्षमा कम्पनीले १० प्रतिशत बोनस र २१.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१० वर्ष यताको लाभांश हेर्ने हो भने गत आर्थिक वर्षको लाभांश दोस्रो नम्बरमा पर्ने सफल भएको छ । त्यस्ते, आर्थिक वर्ष २०७१।०७२ मा १० प्रतिशत बोनस १६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७७।०७९ र २०७५।०७६ मा बरारब २५ प्रतिशत लाभांश दिएको छ ।

त्यस्तै, १० वर्षको इतिहाँसमा सबै भन्दा कम आर्थिक वर्ष २०६९।०७० मा दिएको छ । सो आर्थिक वर्षमा कम्पनीले १५ प्रतिशत मात्र नगद लाभांश दिएको हो ।

यस्तो छ १० वर्षे इतिहाँस


प्रतिक्रिया दिनुहोस्