शाइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

शाइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।

बैंकले रुपन्देही र कपिलबस्तुका लागि ब्रान्च म्यानेजर र रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि रिलेशनसिप म्यानेजर केही संख्यामा माग गरेको हो । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन संकायमा स्नातक तहदेखि स्नाकोत्तर तहसम्मको माग गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी पुष ६ गतेभित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्