प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता, जुर्यो त एकीकृत कारोबारका लागि मिति ? « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता, जुर्यो त एकीकृत कारोबारका लागि मिति ?



काठमाडौं । प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको छ । बुधवार यी दुवै बैंकले प्राप्तिका सम्वन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

यी दुवै बैंक एक भएपश्चात पुस मसान्तभिध एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए । मर्जरमा जानका लागि यी दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त भैसकेको थियो।

दुई बैंकबीच गत साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भएको थियो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रेसियोमा प्राप्ति गर्ने गरी सम्झौता गरेको हो । मर्जरपछि बन्ने संचाललक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्