तपाई सिद्धार्थ बैंकको शेयरधनी हो ? खरिद गर्नुहोस् यसरी बैंकको शेयर « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

तपाई सिद्धार्थ बैंकको शेयरधनी हो ? खरिद गर्नुहोस् यसरी बैंकको शेयर



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २२ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्यब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनलिे जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्