प्रतिकित्ता १५३ रुपैयाँमा सिटिजन्स बैंकको शेयर लिलामीमा « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

प्रतिकित्ता १५३ रुपैयाँमा सिटिजन्स बैंकको शेयर लिलामीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मुल्य १५३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २२ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कायाृलय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्यब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनलिे जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्