मर्जर प्रस्ताव र लाभांश पारितका लागि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले बोलाए साधारण सभा « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

मर्जर प्रस्ताव र लाभांश पारितका लागि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले बोलाए साधारण सभा



काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

प्रभु बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सेञ्चुरी कमर्सियल बैंकको सभामा बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, दुबै बैंकको सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा छ । साथै, बैंकले एक आपसमालाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

प्रभु बैंकले सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गरेको हुदाँ मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकले सभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्