निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप « Arthapath.com
४ पुष २०७९, सोमबार

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले मंसिर २९ गते देखि निष्कासन गरेको ऋणपत्रमा आज (पुष ४ गते) अन्तिम दिन भएपनि माग बमोजिमको आवेदन नपरेपछि म्याद थप गरि पुष १४ गतेसम्म लम्बिएको हो ।

बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ नामको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्कासन हुने कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री सार्वजनिक विक्री गर्नेछ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्तामध्ये पनि ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएर बाँकी कित्ता सार्वजनिक निष्कासनमा आएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्