ग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्धारा पुष २३ गते कास्की जिल्ला मादी गाँउ पालिका बडा नंं १० स्थित थुम्सीकोटमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन भएको छ ।
मादी गाँउ पालिका बडा नं. ११ की वडा महिला सदस्य श्री सुकमाया पराजुलीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा वित्तीय संस्थाका अनुगमन विभाग प्रमुख यतीराज पौडेलले संस्थामा आवद्ध सदस्य तथा स्थानिय समुदायहरुलाई वित्तीय साक्षरता कक्षा संचालन गर्नु भएको थियो ।
वित्तीय संस्थाका गण्डकी र वागमती प्रदेशका प्रदेश प्रमुख विनोद पराजुली, अनुगमन अधिकृत शशिकान्त न्यौपाने, दिवाकर पन्त, वित्तीय संस्थाको थुम्सीकोट शाखाका कर्मचारीहरु उपस्थित रहेको कार्यक्रममा जन प्रतिनिधि र स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।