समता घरेलु लघुवित्तले पुष भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुषभित्र साधारण सभा नगर्ने भएको छ ।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवरणहरु नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुष मसान्तभित्र सभा गर्न नसक्ने बताएको हो ।
उक्त आर्थिक वर्षको वार्षिक साधारण सभा चैत मसान्तभित्रमा गरिसक्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ ।