महुली लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस २० प्रतिशत दिदाँ नगद कति ? « Arthapath.com
२६ पुष २०७९, मंगलवार

महुली लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस २० प्रतिशत दिदाँ नगद कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्