डिप्रोक्स लघुवित्तले गर्यो शेयरधनी मख्ख, बोनस १० प्रतिशत दिदाँ नगद अझैं बढी

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस र ११.०५६३२ प्रतिशत नगद (कर प्रयोजन) का लागि गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
