जीवन विकास लघुवित्तले पुष मसान्तभित्र साधारण सभा गर्ने नसक्ने « Arthapath.com
२८ पुष २०७९, बिहीबार

जीवन विकास लघुवित्तले पुष मसान्तभित्र साधारण सभा गर्ने नसक्ने



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुष मसान्तभित्र वार्षिक साधारण सभा गर्ने नसकिने बताएको छ ।

हाल वित्तीय संस्थाको लेखापरीक्षणको कार्य चलिरहेको तथा अन्य विविध कारणले गर्दा सो अवधिभित्र साधारण सभा गर्ने नसक्ने बताएको हो ।

कम्पनी ऐन, २०६३को दफा ७६ को उपदफा १ बमोजिम संस्थाले चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने ब्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्