मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना श्ेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २८ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९४७३६८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
