एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट सम्पन्न « Arthapath.com
१९ माघ २०७९, बिहीबार

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट सम्पन्न



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडकोऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पुष २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र माघ १७ गते ऋणपत्र बाँडफाँट गरेको हो ।

कम्पनीले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँड गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो ।

कूल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिएको हो ।

सर्वसाधारणका लागि विक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्