युवालाई उद्यमशील बनाउन राष्ट्रिय वाणिज्य बैंकको साथ, युवा परिषद्सँग गर्यो सम्झौता « Arthapath.com
१९ माघ २०७९, बिहीबार

युवालाई उद्यमशील बनाउन राष्ट्रिय वाणिज्य बैंकको साथ, युवा परिषद्सँग गर्यो सम्झौता




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैक लिमिटेड र राष्ट्रिय युवा परिषद्र बीच बिहिवार काठमाडौंमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा राष्ट्रिय युव्रा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमु्ख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझौता पछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका विभिन्न पालिकाको युवाहरुलाई उद्यमसिलता विकासको लागी र वित्तीय साक्षरता सम्बन्धी सातथ दिने तालिम पनि संचालन भएको थियो । साथै तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागी बैंकमा सिफरिस गर्ने र सोही उद्यमीहरुलाई बैंकले नियमअनुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने भएको छ ।
कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताको युवाहरुमा उद्यमशीलता,रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताएका छन् ।

बैंकका प्रमुख कायैकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्झौता पछि बैैक, युवा परिषद् र पालिकाको त्रिपक्षिय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको बढ्न जाने र उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताएका छन् । साथैँ उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खानले सहुलियतापूर्ण कर्जा प्रवाहको् बारे्मा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समय देखि उद्यमशीलता विकासको लागी सहकार्य हुदैँ आएको बताए।

उक्त कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख रामकान्त र्शामा, उपसचिव दिनेश घिमिरे, बैंकका उपकार्यकारी अधिकृतहरु प्वन रेग्मी,विनयरमण पौडेल,विभागीय प्रमुखहरु आन्नद सुवेदी,रिषभ भट्टराई, अच्युत गौतम र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५वटा शाखा कार्यलय,४६ वटा एक्सटेन्सन काउन्टर,२६८ वटा एटिएम र १०२ वाट शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्