नेपाल एसबिआइ बैंकको ऋणपत्र सूचीकरण खारेज, यस्तो छ कारण « Arthapath.com
२२ माघ २०७९, आईतवार

नेपाल एसबिआइ बैंकको ऋणपत्र सूचीकरण खारेज, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल एसबिआइ बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ ।

कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आज (माघ २२ गते) देखि खारेज गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्