कुमारी बैंकको ३८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
६ चैत्र २०७९, सोमबार

कुमारी बैंकको ३८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३८ हजार ६५० कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक सेयरधनी तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिय आगडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मिति (चैत ६ गते) बाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्