भोलि सार्वजनिक बिदाका दिन समेत यी चार बैंकले सेवा प्रदान गर्ने, कुन कुन शाखा खुल्छ ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

भोलि सार्वजनिक बिदाका दिन समेत यी चार बैंकले सेवा प्रदान गर्ने, कुन कुन शाखा खुल्छ ?



काठमाडौं । भोलि अर्थात जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोलि सार्वजनिक बिदा भएपनि सांग्रिला डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक र सानिमा बैंकले विभिन्न शाखा मार्फत बैकिङ सेवा प्रदान गर्ने भएको छ । कम्पनीहरुले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै सेवा खुला राख्ने भएको हो ।

सांग्रिला डेभलमेन्ट बैंकले १७ शाखा कार्यालय मार्फत आफ्नो बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

लक्ष्मी बैंकले भोलि सार्वजनिक बिदाको दिन समेत २० शाखा कार्यालय मार्फत सेवा दिने भएको छ ।

हिमालयन बैंकले ४२ शाखा मार्फत भोलि सेवा प्रदान गर्ने जनाएको छ ।

साथै, भोलि सार्वजनिक बिदाको दिन समेत सानिमा बैंकले २१ शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्