ज्योति विकास बैंकद्वारा कार्डलेस क्यास विडरल सेवाको सुरुवात « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

ज्योति विकास बैंकद्वारा कार्डलेस क्यास विडरल सेवाको सुरुवात



काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएम बाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपी कोर्डलाई एटीएम मेसिनमा प्रयोग गरि सज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो। बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा ब्राउजर तथा वेब ब्राउजर jyotismart.jbbl.com.np मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्र्माट प्रयोगकर्ताहरूले एप भित्र रहेको भुत्तानी आइकनमा थिचे पछि देखिने कार्डलेस विडरल आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त ओपीटी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।


प्रतिक्रिया दिनुहोस्