नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण  « Arthapath.com
८ फाल्गुन २०८०, मंगलवार

नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण 



काठमाडौँ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीले फाल्गुण ५ देखि ४ दिने नेपाल भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर काठमाडौँमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा आलोक कुमार चौधरीद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको गरिएको थियो । 

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको छ ।

यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्