७ प्रतिशतसम्म झर्यो बैंकहरुको आधार दर, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घट्न थालेको छ । बैंकहरुको आधार दर महिनैपच्छिे घट्न थालेको हो । जेठ महिनामा पनि बैंकहरुको आधार दर शुन्य दशमलव २२ प्रतिशत बिन्दुले घटेको छ ।
हाल बैंकहरुको अधार दर ७ प्रतिशत बिन्दुसम्म आइपुगेको छ । जेठ महिनामा २० वटै बैंकहरुको आधार दर नै एकल अंकमा छ । हाल बैंकहरुको औसत आधार दर ८.५३ प्रतिशत कायम भएको छ ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।
जेठमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको देखिएको छ । हाल बैंकको आधार दर ७.०१ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट, नेपाल बैंकको आधार दर पनि ८ प्रतिशत भन्दा तल नै छ । यी बैंकहरुको आधार दर जेठमा क्रमशः ७.३५ प्रतिशत, ७.४८ प्रतिशत र ७.८५ प्रतिशत छ ।
बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पनि पर्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।
कुन बैंकको आधार कति ?
