सेञ्चुरी बैंकका तत्कालिन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
काठमाडौं । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।
बैंकिङ्ग कसुर मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो । गत फागुन १५ गते पनि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत लगायत १० जना कर्मचारीलाई पक्राउ गरिएको थियो । उनीहरु कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोप पक्राउ गरेका थिए । उनीहरु चैत १ गते हाजिर मानीमा छुटिसकेका छन् ।
तर, सोमबार फेरि अध्यक्ष सहित ८ जनालाई बैंकिङ्ग कुसर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सीआइबीले जनाएको छ ।