कामना सेवा विकासको चामत्कारिक वित्तीय प्रगति : नाफा २४ प्रतिशत बढ्यो, लाभांश क्षमता दोब्बर

काठमाडौं । कामना सेवा विकास बैंकको नाफा साढे २४ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा बैंकले ३२ करोड बढी खुद नाफा कमाएको छ ।
सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २४.५५ प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि १३.६३ प्रतिशत वृद्धि भई १ अर्ब ८ करोड ९५ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा भने बैंकको यस्तो आम्दानी ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद संचालन आम्दानी पनि १५ प्रतिशत बढेर १ अर्ब ९ करोड ३६ लाख पुगेको छ । यता, संचालन नाफा पनि २६.७९ प्रतिशत वृद्धि भई ४६ करोड ९१ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढ्न टेवा पुगेको हो ।
बैंकको वितरणयोग्य नाफा भने ३७ करोड ५५ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ११५.२० प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने यस्तो नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ मात्रै कायम भएको थियो ।
बैंकले आफ्नो लाभांश क्षमतालाई दोब्बर बनाएको छ । हाल बैंकले २१.४० प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ ।जबकि, गत आवको दोस्रो त्रैमासमा १०.६४ प्रतिशत मात्रै थियो ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ कायम भएको छ । यता, जगेडा कोषमा भने बैंकले १ अर्ब ६४ करोड १६ लाख ९६ हजार रुपैयाँ राखेको छ ।
यता, बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २.५९ रुपैयाँ बढेर १८.३७ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १५७.४६ रुपैयाँ रहेको छ ।