कृषि विकास बैंक ५८औं वर्षमा, सेवा प्रवाहमा अब्बल « Arthapath.com
७ माघ २०८१, सोमबार

कृषि विकास बैंक ५८औं वर्षमा, सेवा प्रवाहमा अब्बल



काठमाडौं । कृषि विकास बैंक आजबाट ५७औं वर्ष पार गरेर ५८औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना कालमा बैंकले सहकारिता, कृषि र कृषिमा आधारित सेवालाई मूल उद्देश्य मानी अघि बढेको बैंकले अत्याधुनिक प्रविधिसहित जनतालाई सम्पूर्ण सेवा प्रदान गरिरहेको छ ।

कृषिको आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण, औद्योगिकीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै बैंकले दुर्गम क्षेत्रका सीमान्तकृत वर्गमा पुगी सरल तथा सुलभ भरपर्दो वित्तीय सेवा प्रदान गरी जीवनस्तर उकास्न आफ्‌नो भूमिकालाई अझ प्रभावकारी तुल्याउँदै लगेको छ ।

६ दशकको अवधिमा बैंकले विभिन्न आरोह अवरोहबीच आफूलाई सबल र सक्षम बैंकको रूपमा स्थापित गरेको छ । २०२४ साल माघ ७ गतेबाट कृषि तथा पशुपालनको माध्यमबाट ग्रामिण क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि विकास बैंकको स्थापना भएको थियो । स्थापनादेखि नै किसान केन्द्रीत रहेर काम गरेको बैंकले २०३२ सालदेखि साना किसान विकास आयोजना सञ्चालन गरी गाउँ गाउँमा आर्थिक गतिविधि बढाउने र जनतालाई कृषि उत्पादनबाट आर्थिक लाभ लिन सिकाउँदै अघि बढेको थियो ।

२०४१ सालबाट बाणिज्य बैंकिङ कारोबार सुरुवात गरेको बैंकले यस अवधीमा देशका गाउँपञ्चायतहरुमा शाखा सञ्चालन गरेर कृषि तथा पशुपालनमा किसानहरुको आर्थिक बृद्धिमा ऐतिहासिक भूमिका खेलेको थियो । गरिब बस्तीका किसानहरुले बैंकिङ प्रणाली भन्ने कुरा नबुझेकै अवस्थामा गाउँ गाउँमा पुगेर भैसीपालन, बाख्रा पालन र दुधजन्य उत्पादनमा प्रोत्साहन गर्दै अघि बढेको थियो ।

अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले २०६२ सालबाट क बर्गको बाणिज्य बैंकको लाइसेन्स प्राप्त गरी कारोबार गर्दै आइरहेको बैंकले सरकारी बैंकहरुले उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ ।

त्यसैगरी, १९ लाख निक्षेपकर्ताको दुई खर्ब ११ अर्ब रूपैयाँ निक्षेप परिचालन गरेको छ। बैंकले विभिन्न क्षेत्रमा १८ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको छ।

देशका ७७ वटै जिल्लामा पुगेर बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कृषि विकास बैंक निजि क्षेत्रसँगै प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ । कृषि विकास बैंकको विशिष्टतालाई कायम राख्दै बैंकले २८१ शाखाहरू र २२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिँदै आएको छ। ७७ वटै जिल्लाहरूबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आएको बैंकले ४९ भन्दा बढी कार्यालयमा लकर सेवा, १२९ एटिएम, १६ वटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० वटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ वटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्