प्रभु बैंकको सिईओमा सुमन शर्मा नियुक्त  « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

प्रभु बैंकको सिईओमा सुमन शर्मा नियुक्त 



काठमाडौँ । प्रभु बैंकको सिईओमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । 

प्रभु बैंकको सिईओ रहेका अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबारै नयाँ सिईओ नियुक्त गरेको हो । 

यसअघि सनराइज बैंकको सिईओ रहेका शर्मालाई प्रभु बैंक सञ्चालक समितिले बैंकको जिम्मेवारी सुम्पेको हो । 

शर्मा तत्कालीन सनराइज बैंक लक्ष्मी बैंकमा मर्जर भएपछि बाहिरिएका थिए । उनी त्यसअघि ग्लोबल आइएमई बैंकमा डिसिईओ माछापुच्छ्रे बैंकमा सिईओको जिम्मेवारी निर्वाह गरिसकेका बैंकर हुन् ।

शर्माले सोमबारदेखीनै कार्यभार सम्हालेको बैंकका एक सिनियर कर्मचारीले बताए । ति कर्मचारीका अनुसार ‘निवर्तमान सिईओ अशोक शेरचनले अफिसमै आएर आइतबार राजिनामा गर्नुभयो ।’ त्यसपछि संचालक समितिको सोमबार विहान बसेको बैठकले शर्मालाई सिईओमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्