दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था



काठमाडौं। जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले डिजिटल डेटालाई सुरक्षीत राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको बर्गिकरण गरी ह्याक् हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनिकरण गर्नका लागि सेक्युरिटी गरेको छ ।

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिबृद्धि गर्दै प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ गरेको हो, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारि अधिकृत नवराज दाहालले भने ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी भएको वनकभर प्रा। लि। का ईन्फरमेशन सेक्यूरिटी अडिटर चिरन्जिबी अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्