राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) सञ्चालनमा ल्याउने भएको छ । बैंकले बुधबारदेखि अत्याधुनिक प्रविधिको सफ्टवेयर सञ्चालनमा ल्याउने भएको हो ।
जसको लागि माघ १६ गते बिहान ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने जनाएको छ । बैंकका अनुसार माघ १८ गते निक्षेप जम्मा र चेक सटही सेवाको लागि मात्र बैंकका कार्यालयहरू खुल्ला रहने छ ।
आफ्ना सदस्य सहकारी संघ संस्थालाई अत्याधुनिक, गुणस्तरीय तथा सुरक्षित बैकिङ सेवा दिने उद्देश्यका साथ पुरानो सफ्टवेयरलाई प्रतिस्थापन गरि नयाँ प्रविधिको कोर बैंकिङ सफ्टवेयरको सुरुवात गर्न लागिएको बैंकले जनाएको छ ।
