कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ? « Arthapath.com
२७ माघ २०७८, बिहीबार

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने सकयम थप गरिएको छ । माघ ७ गते, शुक्रबारदेखि बिक्री खुला गरिएको हकप्रद शेयरमा फागुन १३ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ ।

बैंकको हकप्रद शेयरमा छिटोमा माघ २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था भएपनि बैंकको सञ्चालक समितिको बैठकले फागुन १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाएको हो ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ पौष २६ गते बुकक्लोज गरेको थियो । त्यसैले पौष २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्