सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री मूल्य भने उल्लेख गरेको छैन ।

उक्त सेयर खरिदका लागि बैंकका हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरि बैंकको केन्द्रीय कार्यालमा आईपुग्ने गरि पेश गर्नुपर्नेछ । अन्य विस्तृतका लागि बैंकको सेयर विभागमा सम्पर्क राख्न सकिने छ ।

तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्