मैतिदेवी मन्दिरलाई कामना सेवा बैंकले दियो सरसफाई सामाग्री र डिजिटल दान पेटिका « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

मैतिदेवी मन्दिरलाई कामना सेवा बैंकले दियो सरसफाई सामाग्री र डिजिटल दान पेटिका



काठमाडौं । कामना सेवा विकास बैंकले मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं महानगरपालिका–३०, मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले क.म.पा. वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बैंकका सीईओ बस्नेतले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए ।

साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेशन बक्स समेत राखेको छ ।

कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्