नेपाल फाइनान्सको हकप्रद शेयर जेठ ६ गतेदेखि बिक्रीमा आउने, कसरि दिने आवेदन ? « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

नेपाल फाइनान्सको हकप्रद शेयर जेठ ६ गतेदेखि बिक्रीमा आउने, कसरि दिने आवेदन ?



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ ६ गतेदेखी हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ हुदाँ वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्