गोर्खाज फाइनान्सको १७औं वार्षिक साधारण जेठ २७ गते, के के छन् एजेण्डा « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

गोर्खाज फाइनान्सको १७औं वार्षिक साधारण जेठ २७ गते, के के छन् एजेण्डा



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ २७ गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११।३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ । संस्थाको प्रबन्धपत्र नियमावली सम्बन्धमा नियनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने भएकाले जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्