ललितपुरको कुमारीपाटीमा मञ्जुश्री फाईनान्सको शाखा कार्यालय « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

ललितपुरको कुमारीपाटीमा मञ्जुश्री फाईनान्सको शाखा कार्यालय



काठमाडौं । मञ्जुश्री फाईनान्सको कुमारीपाटी शाखा कार्यालय उदघाटन गरिएको छ । कम्पनीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५, कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम, अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

कम्पनीले भदौ मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिवेन्चर जारी गरेको गरेको छ । कम्पनीले ११ खर्ब ५२ अर्ब निक्षेप संकलन गरि १० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्