२८औं वार्षिकोत्सवमा पोखरा फाईनान्सको रक्तदान « Arthapath.com
३ चैत्र २०८१, आईतवार

२८औं वार्षिकोत्सवमा पोखरा फाईनान्सको रक्तदान



काठमाडौं । पोखरा फाईनान्स लिमिटेडले आफ्नो २८ औ वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालको २८ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकि∙ सुविधा सहितको सेवा प्रदान गरेको दावी गरे ।

उलने संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्