सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिहीबार बिहान ९ बजे बाँडफाँट हुँदै, भाग्यमानी ८ जनाले ११ कित्ता पाउने ! « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिहीबार बिहान ९ बजे बाँडफाँट हुँदै, भाग्यमानी ८ जनाले ११ कित्ता पाउने !



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि (बैशाख १५ गते, बिहीबार) गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लघुवित्तको आईपीओ बैशाख १५ गते बिहिबार बिहान ९ बजे ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बाँडफाँट गरिने भएको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईने छ । लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये २२ लाखभन्दा बढी आवेदकको हात रित्तो हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको हालको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्