नेशनल माईक्रोफाइनान्सको १९ हजार कित्ता शेयर बिक्रीमा, आवेदन कसरी दिने ?

काठमाडौं । नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न शेयरधनीहरुमो नाममा रहेको १९ हजार १३२ कित्ता शेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तले डा. लोचन देवी मानन्धरको नाममा रहेको ६ हजार ३३५ कित्ता, माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता गरी कूल १९ हजार १३२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, निलखण्ठ ३ धादिङबेसीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।