स्वावलम्बन लघुवित्तको कम्पनी सचिवमा गोबिन्द चापागाईं नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा गोबिन्द चापागाईंलाई नियुक्त गरेको छ ।
कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले संस्थाका नायब महाप्रबन्धक चापागाईंलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई पुष १७ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।
