सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन « Arthapath.com
१५ पुष २०७९, शुक्रबार

सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल वा सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी–४, इमाडोल, ललितपुरमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि कम्पनीले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्