समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । बीमा कम्पनी, बैंकहरु मर्जरका लागि तमतयार छन् भने अधिकांश लघुवित्तहरु पनि मर्जर सम्झौता गरी आवश्यक प्रक्रिया मिलाउन तिर बेस्त छन् ।
सोमबार पनि २ लघुवित्तले मर्जरमा जाने सम्झौता गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । आफ्नो ब्यवसायलाई चुस्त दुरुस्त बनाउन दुबैं कम्पनीहरुले मर्जर सम्झौता गरेका हुन ।
यी लघुवित्त संस्थाबीच सोमबार (पुस १८ गते) एक आपसमा मर्ज हुने सम्झौता भएको हो । मर्ज हुने सम्झौता भएसँगै दुवै संस्थाले आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध पनि गरेका छन् ।
