मेरोमाइक्रोफाइनान्स लघुवित्तको बम्पर लाभांश छुट्ला है ! भोलि सुरक्षित गर्ने अन्तिम मौका « Arthapath.com
२० पुष २०७९, बुधबार

मेरोमाइक्रोफाइनान्स लघुवित्तको बम्पर लाभांश छुट्ला है ! भोलि सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (पुष २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि संस्थाले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेका १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ ६ गतेका लागि बोलाएको छ । सभा क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभाहलमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्