आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारित

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एशियन होटल प्रालि बुटवल रुपन्देहीमा शुक्रवार सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्र राज शर्मा, विष्णु प्रसाद पौड्याल र दामोदर जोरी निर्वाचित भएका छन् । साथै, सभाले राजेन्द्र प्रसाद दाहाललाई अध्यक्षमा समेत चयन गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुष १५ गतेदेखि बुकक्लोज गरेको हुदाँ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।