सिभिल लघुवित्तले कमायो १ करोड ३३ लाख नाफा, कस्ता छन् अन्य सूचकहरु ? « Arthapath.com
१९ माघ २०७९, बिहीबार

सिभिल लघुवित्तले कमायो १ करोड ३३ लाख नाफा, कस्ता छन् अन्य सूचकहरु ?



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले १ करोड ३३ लाख बढी नाफा कमाएको छ बिहीवार कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीले १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको हो । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको नाफा ६४.३४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १०.९२ प्रतिशतले घटेर १० करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको कुल संचालन आम्दानी १४ करोड ७० लाख ९२ हजार, संचालन नाफा १ करोड ९१ लाख १८ हजार र वितरण योग्य नाफा ६७ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८ करोड १० लाख ४४ हजार रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ७ करोड १५ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब २१ करोड १७ लाख ९० हजार रुपैया कर्जा लगानी गरेको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा २.९३ प्रतिशतले पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीको यस्तो कर्जा १.३३ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्