इन्फिनिटी लघुवित्तले बोलायो फागुन १३ गते साधारण सभा, यस्ता छन् एजेण्डा « Arthapath.com
१९ माघ २०७९, बिहीबार

इन्फिनिटी लघुवित्तले बोलायो फागुन १३ गते साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन १३ गतेका लागि बोलाएको छ । सभा सहमति (संस्था) विजय चोक, गैडाकोट नवलपरासीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्