साढे १२ करोड नोक्सानीमा ग्रामिण विकास लघुवित्त: इपिएस पनि ऋणात्मक, निष्क्रिय कर्जा ८.९१% पुग्यो « Arthapath.com
२२ माघ २०७९, आईतवार

साढे १२ करोड नोक्सानीमा ग्रामिण विकास लघुवित्त: इपिएस पनि ऋणात्मक, निष्क्रिय कर्जा ८.९१% पुग्यो



काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था नोक्सानीमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ५९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

गत वर्षको पुस मसान्तमा भने कम्पनीले १९ करोड २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा घटेको छ । यता, खराब कर्जा पनि वृद्धि भएकाले कम्पनी नोक्सानीमा गएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २६.७१ प्रतिशतले घटेर ४६ करोड ३३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको संचालन नाफा पनि १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा ८.९१ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यस्तो कर्जा ४.७१ प्रतिशत रहेको थियो । कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब २७ करोड ७८ लाख ९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि २५ रुपैयाँ ६४ पैसा ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्