६५ प्रतिशत लाभांश पारितका लागि उपकार लघुवित्तको साधारण सभा फागुन १८ गते « Arthapath.com
२३ माघ २०७९, सोमबार

६५ प्रतिशत लाभांश पारितका लागि उपकार लघुवित्तको साधारण सभा फागुन १८ गते



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सपभा फागुन १८ गतेका लागि बोलाएको छ । सभा बैजनाथ १ गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र करसहित ३.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चलकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्