जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभा पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।