आइएमई लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
६ चैत्र २०७९, सोमबार

आइएमई लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सोमबार सम्पन्न सभाले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र अनुसूचि लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफलसहित पारित गरेको छ ।

सोही सभामा कम्पनीको संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन सम्पन्धीको सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

यसका साथै सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

सोही अवसरमा कम्पनीका अध्यक्ष राम हरि अर्यालले सर्वसाधारणका लागि जारी गर्ने सेयर( आईपीओ) निष्काशका आन्तरिक तयारी अन्तिम चरणमा रहेको बताए । उनले जीवन बीमा कम्पनीहरु माझ अझै अब्बल रुपमा स्थापित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अध्यक्ष अर्यालका अनुसार चालु आवको ६ महिनामा कम्पनीको बीमाकोष २२.३१ प्रतिशतले वृद्धि भएको जानकारी गराए । ‘हाल कम्पनीको बीमाकोष ५ अर्ब ४७ करोड ९४ लाख पुगेको छ । कम्पनीका अगाडि भएका चुनौतिहरुका धेरै नै छन् । सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको छ ।’

यता, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयांलले ग्राहकको सेवामा निरन्तर प्रतिवद्ध रहने बताए । उनले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकासमा लाग्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्