स्वाभिमान लघुवित्तका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् ।
कम्पनीका संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिको अध्यक्ष रहेका श्रेष्ठले अध्यक्ष तथा संचालक पदबाट पुष २३ गते राजीनामा दिएका हुन् । उनको राजीनामा सोहि दिन बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
