यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यी दुई लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १४ गते, शुक्रबार बुकक्लोज गर्दैछ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश पारित गर्न संस्थाले पुस ६ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा दशौँ वार्षिक साधारणसभा बोलाएको छ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सले मंसिर २८ गते, शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा १२ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्